आज पनि थामिएन बजारको गिरावट,बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-02-20
आज पनि थामिएन बजारको गिरावट,बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३६७.११ अंकले ओरालो लाग्दै १४७०७.९८ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २८०.७५ अंकले घट्दै १२१७०.२२ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा ५ वटा बीमा कम्पनी परे। आज युनाइटेड इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ४.६३ प्रतिशतले घट्दै प्रतिकित्ता ६७९ रुपैयाँ कायम भयो। त्यस्तै प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ४.०३,आइएमई जनरलको ३.८६,हिमालयन जनरल ३.७४ र युनियन लाइफको सेयरमूल्य ३.५८ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ३९.४० अंकले घट्दै २६९३.१० बिन्दुमा सीमित भयो। यो दिन बजारमा २३० कम्पनीका ७१ लाख २२ हजार २९९ कित्ता सेयर ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा अन्य उपसूचकबाहेक सबै उपसूचकमा रातो पोतियो। अन्य उपसूचक ९.७३ अंकले बढ्यो। 

बैंकिङ उपसूचक २५.७५ अंकले घटेको आज व्यापार ५६.६७,होटल एण्ड टुरिजम ४३.७२,विकास बैंक ९१.१५,हाइड्रोपावर ३१.८६,वित्त ४६.८२,उत्पादन तथा प्रशोधन १८२.८,लघुवित्त ६६.२५,म्युचुअल फन्ड ०.१८ र लगानीस् उपसूचक १.७२ अंकले घट्यो। 

आज युनाइटेड इदी मर्दीको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ८.६४,सामलिंग पावरको ६.५५,नेपाल फाइनान्स ४.१८ र जीवन विकास लघुवित्तको सेयरमूल्य ३.४९ प्रतिशतले बढ्यो। 

आज नारायणी डेभलपमेन्ट बैंकको सेयरमूलय सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ४.७४ प्रतिशतले घट्यो। 

यो दिन जीवन विकास लघुवित्तको सर्वाधिक सेयर कारोबार भयो।आज यो कम्पनीको ५८ करोड बढीको सेयर कारोबार भयो। .    

 


Share this with your friends: