उपकार लघुवित्तले पायो आईपीओ निष्कासनको अनुमति

2022-03-23
उपकार लघुवित्तले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । संस्थाले नेपाल धितोपत्र बोर्डबाट चैत ७ गते आईपीओ निष्कासनको अनुमति पाएको हो । 

संस्थाले २ करोड ६६ लाख २५ हजार रुपैयाँबराबरका रु.१०० अंकित दरका २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासनका लागि बोर्डबाट अनुमति पाएको हो । 

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । 


Share this with your friends: