एकल अंकले बढ्यो बजार, बीमातर्फ आइएमई जनरलको सेयरमूल्यमा सर्वाधिक वृद्धि

2021-02-10
एकल अंकले बढ्यो बजार, बीमातर्फ आइएमई जनरलको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा समूहको उपसूचक उकालो लागेको छ। आज निर्जीवन बीमा समूहको उपसूचक ६२.१५ अंकले बढ्दै १३२५१.११ को बिन्दुमा पुग्यो। आज जीवन बीमा समूहको उपसूचक भने ११५.५९ अंकले घट्दै १८५१२.९३ को बिन्दुमा सीमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य ४.९४ प्रतिशतले बढ्दै प्रतिकित्ता १२१० रुपैयाँ कायम भयो। त्यस्तै आज शिखर इन्स्योरेन्सको सेयरमूल्य पनि ४.५६ अंकले बढ्दै प्रतिकित्ता २७५० रुपैयाँ कायम भयो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक एकल अंकले बढ्यो। परिसूचक ८.६६ अंकले बढ्दै २५४३.०३ को उचाईमा पुग्यो। यो दिन बजारमा १९१ कम्पनीका १ करोड ४९ लाख ६ हजार ०७७ कित्ता सेयर ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार ३९८ रुपैयाँमा किनबेच भयो। 

१२ वटा समूहमध्ये आज ५ वटा समूहमा हरियाली छायो। आज बैंकिङ समूह २६.६१ अंकले बढेको आज होटल ४४.६, विकास बैंक १.०१ र वित्त ३८.१२ अंकले बढ्यो। 

त्यस्तै आज व्यापार समूह ९७.६७, हाइड्रोपावर १९.२७, उत्पादन तथा प्रशोधन ६९.११, अन्य ६.२, लघुवित्त ४४.९७ र म्युचुअल फन्ड ०.०३ अंकले घट्यो। 

आज गोर्खाज फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै गृह्ेश्वरी मर्चेन्टको ९.७७, आईसीएफसी फाइनान्स ९.७६, रिलायन्स फाइनान्स ६.४७ र कुमारी बैंकको सेयरमूल्य ६.४६ प्रतिशतले बढ्यो। 

आज साधना लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। संस्थाको सेयरमूल्य ६.३८ अंकले घट्यो भने सर्पोट माइक्रोफाइनान्सको ३.८५, साल्ट टेड्रिङ ३.४९, बोटलर्स नेपाल(तराई) ३.१६ र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ३.१२ प्रतिशतले घट्यो। 

यो दिन ग्लोबल आइएमई बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको ५२ करोड ५ लाख बढीको सेयर कारोबार भयो। यसैगरी आज प्रभु बैंकको ४६ करोड ८ लाख, कुमारी बैंकको ३७ करोड १४ लाख शिखर इन्स्योरेन्स ३३ करोड ३७ लाख र एनसीसी बैंकको २७ करोड ६५ लाख बढीको सेयर कारोबार भयो।     

 


Share this with your friends: