काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको वितरण योग्य मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांस गरी कुल १२.६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांसमा हाल कायम रहेको चुक्तापूँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख ३४ हजार ५४६.९७ रुपैयाँ बराबरको बोनस सेयर र ०.६३ प्रतिशतले हुन आउने ५१ लाख २२ हजार ८७०.८९ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।