काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य सञ्चित मुुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभँंस गरी कुल ५.२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजीको ५ प्रतिशतले हुन आउने ५ करोड ८२ लाख ४८ हजार २ सय रुपैयाँबराबरको बोनस सेयर र ०.२६ प्रतिशतले हुन आउने ३० लाख ६५ हजार ६९५ रुपैयाँबराबरको नगद लाभांस(कर प्रयोजनका लागि)रहेका छन् ।
यो लाभांस कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।