एनएमबी फिफ्टी र एनबएमबी हाइब्रिड फन्ड एल १ को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-09-02
एनएमबी फिफ्टी र एनबएमबी हाइब्रिड फन्ड एल १ को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनएमबी म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने दुईवटा म्युचुअल फन्डको लाभांस सुरक्षित गर्ने आज(भदौ १७ गते) अन्तिम दिन रहेको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबी फिफ्टी र एनबएमबी हाइब्रिड फन्ड एल १ को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

लाभांस वितरण प्रयोजनका लागि यी दुवै म्युचुअल फन्डको बुक क्लोज भौलि अर्थात भदौ १८ गते गर्ने निर्णय गरिएकाले आजसम्म कायम इकाइधनीहरुमात्रै फन्डद्वारा घोषणा गरिएको लाभांस प्राप्त गर्न योग्य हुनेछन् । 

आर्थिक वर्ष २०७७/७८ का लागि एनएमबी फिफ्टीका इकाइधनीहरुका लागि ३० प्रतिशत नगद लाभांर र एनबएमबी हाइब्रिड फन्ड एल १ का लागि २० प्रतिशत नगद लाभांसको घोषणा गरिएको छ । 


Share this with your friends: