एनएलजी इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, आ.व. २०७५/७६ का लागि लाभांश पारित

2020-11-20
एनएलजी इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, आ.व. २०७५/७६ का लागि लाभांश पारित

 काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(मंसिर ५ गते) सम्पन्न भएको छ । 

कम्पनीको साधारण सभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा वेबिनारमार्फत सञ्चालन गरिएको हो । सभाले आर्थिक वर्ष २०७५ / ७६ को सञ्चित मुनाफाबाट कम्पनीले वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ७.३७ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको ७ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 


Share this with your friends: