एनएलजी इन्स्योरेन्सको बोनस सेयर हितग्राही खातामा जम्मा

2021-02-21
एनएलजी इन्स्योरेन्सको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वितरण गरेको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ। कम्पनीले गत मंसिर ५ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित भएको ७ प्रतिशत बोनस सेयर कात्तिक २४ गतेसम्म सेयर अभौतिकरण गराएका सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको जनाएको छ। कम्पनीले यो बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङ मा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भईसकेको जानकारी दिएको छ। 

कात्तिक २४ गतेपश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीको हकमा भने क्रमशः बोनस सेयर जम्मा हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। 

 


Share this with your friends: