एनसीसी बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-01-04
एनसीसी बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्सियल(एनसीसी)बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक वर्षको लागि प्रस्ताव गरेको कुल १०.८१ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर रहेको छ। 

बैंकले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि भोलि(पुस २१ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।  

बैंकले गत आर्थिक वर्षका लागि १०.२६९५ प्रतिशत बोनस सेयर र ०.५४०५ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल १०.८१ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आउँदो माघ ९ गते आयोजना हुने २३ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: