एभरेष्ट बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2020-12-24
एभरेष्ट बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि बैंकले भोलि पुस १० गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनी मात्रै लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुने हुनेछन्।   

बैंकको गत मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २६ औँ वार्षिक साधारण सभा आउँदो पुस २७ गते काठमाण्ठौ लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको थियो। 

बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि ५.५३ प्रतिशत नगद लाभांस र ५ प्रतिशत बोनस सेयर गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांसमा चुक्तापुँजीको ५.५३ प्रतिशतले हुन आउने ४६ करोड ८० लाख ९० हजार ३७८ रुपैयाँ नगद लाभांस र ५ प्रतिशतले हुन आउने ४२ करोड ३५ लाख १० हजार ३४२ रुपैयाँ बराबरको बोनस सेयर रहेका छन्। 

 


Share this with your friends: