करेक्सन आएको बजारमा हाइड्रोका लगानीकर्ता मालामाल, बीमाका दुवै समूहमा गिरावट

2021-02-22
करेक्सन आएको बजारमा हाइड्रोका लगानीकर्ता मालामाल, बीमाका दुवै समूहमा गिरावट

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूह ३५१.३४ अंकले घट्दै १७७३८.३२ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा समूह पनि १०८.५१ अंकले ओरालो लाग्दै १२९९६.८५ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा समेत कुनै पनि बीमा कम्पनी परेनन्। बीमा कम्पनीहरुमध्ये आज एलआईसी नेपालको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। यो कम्पनीको सेयरमूल्य ३.५० प्रतिशतले घट्दै प्रतिकित्ता २३४१ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

अघिल्लो दिन सामान्य अंकले बढेको बजारमा आज दोहोरो अंकको करेक्सन आएको छ। आज नेप्से परिसूचक ३२.६७ अंकले घट्दै २६०७.६७ को बिन्दुमा झर्यो। यो दिन बजारमा २०७ कम्पनीका २ करोड १६ लाख  १४ हजार ४५२ कित्ता सेयर ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७१ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा दुईवटा समूहमा मात्रै हरियाली छायो। आज हाइड्रो समूह ४५.८५ अंकले र अन्य समूह २७.८६ अंकले बढे। 

बैंकिङ समूह ५२.५५ अंकले घटेको आज व्यापार ९२.७२, होटल २१.१४, विकास बैंक ६४.८५, वित्त १३.७, उत्पादन तथा प्रशोधन ५६.३३, लघुवित्त ५६.९५ र म्युचुअल फन्ड ०.०३ अंकले घटे। 

आज आखुँखोला जलविद्युत र निफ्राको सेयरमूल्य १० प्रतिशतले बढे। त्यस्तै नेपाल हाइड्रो डेभलपर्स ९.९३, अपर तामाकोशि ९.८३ र चन्द्रागिरी हिल्सको सेयरमूल्य ९.६७ प्रतिशतले बढ्यो। 

आज सेञ्चुरी बैंकको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। बैंकको सेयरमूल्य ५.५२ प्रतिशतले घट्यो। आज सिभिल बैंकको सेयरमूल्य ५.३२, मेगा बैंकको ५.२० र माछापुच्छ्रे बैंकको सेयरमूल्य ४.४३ प्रतिशतले घट्यो। 

यो दिन एनआइसी एशिया बैंकको सर्वाधिक सेयर कारोबार भयो। बैंकको ३८ करोड २४ लाख बढीको सेयर कारोबार भयो भने निफ्राको ३२ करोड १२ लाख, निर्धन उत्थान लघुवित्तको ३० करोड ८३ लाख, शिखर इन्स्योरेन्स २९ करोड ९८ लाख र नेपाल लाइफको २९ करोड ८१ लाख बढीको सेयर कारोबार भयो।

 


Share this with your friends: