कोरोना कालमा स्वास्थ्य बीमा पोलिसीलाई यसरी बनाउनुहोस् समावेशी र सस्तो

2020-10-29
कोरोना कालमा स्वास्थ्य बीमा पोलिसीलाई यसरी बनाउनुहोस् समावेशी र सस्तो

काठमाण्डौ । अहिलेको वर्तमान परिप्रेक्षमा एकातर्फ स्वास्थ्य उपचार महंगो हुदै गइरहेको छ भने, अर्काेतर्फ कोरोनाभाइरस जस्ता संक्रामक रोगले आफ्नो पकड बलियो बनाउदै गइरहेको छ। यस्तोमा प्रत्येक व्यक्ति र परिवारको लागि प्रर्याप्त स्वास्थ्य बीमा कभर कयाँै गुणा धेरै आवश्यक भइसकेको छ। यस्तो यसकारण, ताकि अचानक आएको चिकित्सा खर्चहरुबाट बचाव गर्न सकियोस्। 


हाम्रो खानपान राम्रो र सन्तुलित छ र दिनचर्या नियमित छ भनेपनि अप्रत्याशित चोटपटक र विभिन्न रोग वा संक्रामक रोगहरुको चपेटामा आउने सम्भावना हर समय रहिरहन्छ। यस्तोमा कुनै व्यक्तिलाई आफ्नो शारीरिक तथा वित्तीय स्वास्थ्यमाथि अधिक नियन्त्रण पाउनका लागि एउटा प्रर्याप्त व्यक्तिगत स्वास्थ्य कभर हुन आवश्यक छ। 

कति रकमको पोलिसी हुन आवश्यक छ ?
प्रत्येक व्यक्तिको मस्तिष्कमा एउटा प्रश्न उठ्ने गर्दछ कि कति स्वास्थ्य बीमा कभरेज प्रर्याप्त हुन्छ ?
यो प्रश्न बीमा गराईसकेकाहरुका लागि पनि त्यत्तिकै सान्दर्भिक हुने गर्दछ। उदाहरणका लागि ५ लाख रुपैयाँको बीमित राशि जुन एक व्यक्तिले केहि वर्ष अघि लिएको थियो, अब अहिलेको यो परिवर्तित अवस्थाका लागि प्रर्याप्त हुन्छ कि हुँदैन ?  स्वास्थ्य हेरचाहको बढ्दो लागत र जीवनशैलीसँग जोडिएका रोगहरुको बढ्दो संख्याका कारण यो बीमा कभर अप्रर्याप्त पनि हुन सक्दछ। यस कारण “प्रर्याप्त” शब्दको अर्थ बदलिदो समय र उमेरका साथ प्रत्येक व्यक्ति पिच्छे फरक फरक हुन सक्दछ। 

उपयुक्त बीमा पोलिसी कभरेजको आवश्यकता
कुनै पनि व्यक्तिसँग प्रर्याप्त स्वास्थ्य बीमा छ कि छैन भन्ने कुरा दुईवटा कारणमा निर्भर रहने गर्दछ। एउटा खरिद गरिएको पोलिसीको प्रकार र अर्काे बीमित राशि। सही बीमित राशिसँगै उपयुक्त बीमा कभर खरिद गर्न आवश्यक हुने गर्दछ। जुन व्यक्ति स्वयम र निजको परिवारको लागि प्रर्याप्त होस्। कुनै पनि व्यक्ति वा परिवार, फ्लोटर पोलिसीहरुका बीच स्थितिको आवश्यकताको आधारमा चयन गर्न सक्दछन्। अन्तिममा यो याद राख्न महत्वपूर्ण हुन्छ कि स्वास्थ्य बीमा एउटा सुरक्षा कवज हो, जसले स्वास्थ्य आपतकालको अवस्थामा तनावबाट छुटकारा दिने काम गर्दछ। 

अल इन्क्लुसिव कभरेजको आवश्यकता
अस्पतालमा भर्ना हुने कुरा सबैका लागि परीक्षाका घडी हुने गर्दछ। अस्पतालमा भर्ना हुँदाको दौरान उपचारको मेडिकल बिल र अन्य आकस्मिक खर्च, एउटा राम्रो व्यापक स्वास्थ्य बीमा पोलिसीको अभावमा धेरै भारी पर्न सक्दछ। यस्तो समझदारी एउटा यस्तो स्वास्थ्य बीमा पोलिसी लिनमा हुने गर्दछ , जसले अल इन्क्लुसिव कभरेज प्रदान गर्ने गर्दछ। आधारभुत स्वास्थ्य बीमा पोलिसीको विपरीत, एउटा व्यापक पोलिसीले आउट–पेसेन्टका साथसाथै–इन–पेसेन्ट उपचारहरुलाई समेत समेट्ने गर्दछ। यसमा परामर्श, स्वास्थ्य परिक्षणका साथै अस्पतालमा भर्ना हुने विषय समावेश हुन्छ। 

टपअप प्लान काम आउने गर्दछ 
मोटो बीमित रकम भएको स्वास्थ्य कभर खरिद गर्न जो कोहिका लागि सम्भव हुने गर्दैन। यो सबैको बजेटमा फिट हुन सक्दैन। यस्तोमा सुपर टप अप योजना तपाइँको वर्तमान स्वास्थ्य बीमा कभरलाई सामान्य लागतमा अपग्रेड गर्नका लागि एक लागत प्रभावकारी विकल्प हुने गर्दछ। मानौँ तपाइँसँग ५ लाख रुपैयाँका लागि एउटा वर्तमान स्वास्थ्य बीमा कभर छ र तपाइँलाई यो अप्रर्याप्त हुन्छ भनेर लागिरहेको छ। तपाइँ यस्तो अवस्थामा अतिरिक्त ५ लाख रुपैँया बढाउन चाहनुहुन्छ। यदि तपाइँ ५ लाख रुपैयाँमा एउटा अलग स्वास्थ्य बीमा पोलिसी खरिद गर्दै हुनुहुन्छ भने यसमा तपाइँलाई वार्षिक लगभग १० हजार रुपैयाँ अतिरिक्त लागत लाग्ने गर्दछ। तथापि यदि तपाइँ ५ लाखको टप अप प्लान खरिद गर्नुहुन्छ भने तपाइँले लगभग २ हजार रुपैयाँ वार्षिक रुपमा छुट्टै दिनुपर्ने हुन्छ। 

मूल पोलिसीे ब्याकअप 
कुनै पोलिसीमा एक पटक बीमित राशि सीमा समाप्त भएपछि सुपर टप अप स्वास्थ्य योजनाहरुले तपाइँको मूल स्वास्थ्य बीमा पोलिसीको ब्याकअपको रुपमा काम गर्ने गर्दछ। अर्थात तपाइँको नियमित पोलिसीको बीमित राशिले एक निश्चित सीमासम्म अस्पतालको बिलहरुलाई वहन गर्दछ। जबकि यो भन्दा धेरै भयो भने सुपर टप अप प्लान काम आउने गर्दछ।  

 


Share this with your friends: