गणपति लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-01-31
गणपति लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन २८ गते तनहुँ दुलेडाडाँमा स्थित ह्वाइट हाउस पार्टि प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा गत आ.व का लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र रु. ८ लाख ७४ हजार ३०२.६३ नगद लाभांस(कर प्रयोजनका लागि) पारित गरिनेछ। यसका साथै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जानका लागि उपयुक्त लघुवित्तहरुको पहिचान गरी यस प्रक्रियाका लागि आवश्यक अन्य सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७७ असार मसान्तसम्मको नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७÷७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि संस्थाले आउँदो फागुन १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।      

 


Share this with your friends: