गणपति माइक्रोफाइनान्सको नाम परिवर्तन

2021-08-11
गणपति माइक्रोफाइनान्सको नाम परिवर्तन

काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरिएको छ । संस्थाको नाम परिवर्तन भई गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड राखिएको छ । 

संस्थाको २०७६ पुस ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थाको नाम परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएको थियो । संस्थाको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको रजिष्ट्रार कार्यालयले २०७६ फागुन १४ गते स्वीकृती प्रदान गरेको थियो । 


Share this with your friends: