ग्रिनलाइफ हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत

2021-03-15
ग्रिनलाइफ हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको ग्रिनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु. १०० अंकित दरका १ करोड ८० लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो। 

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम फागुन २५ गतेको निर्णयानुसार कम्पनीको सेयर सूचीकृत भएको जनाएको छ। 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिकित्ता ९९.६७ रुपैयाँदेखि २९९.०१ रुपैयाँ तोकेको छ। यस्तै आज नेप्से र कम्पनीबीच सेयर सूचीकरण सम्झौता सम्पन्न भएको छ। भोलिको प्रि ओपन सेसनमा यदि नेप्सेले तोकेको ओपनिङ रेञ्जभित्र कम्पनीको सेयर कारोबार भएमा कम्पनीको सेयर कारोबार नियमित समयमा सुचारु हुनेछ।     

 


Share this with your friends: