ग्लोबल आइएमई लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-11-29
ग्लोबल आइएमई लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २८ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर १३ गते)अन्तिम दिन रहेको हो । 

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले मंसिर १४ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। 

संस्थाले आर्थिक वर्ष २०७७/७८ का लागि २८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी मंसिर २८ गते आयोजना हुन गईरहेको नवौँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।


Share this with your friends: