ग्लोबल आइएमई लघुवित्तको सीईओमा जोशी नियुक्त

2021-04-28
ग्लोबल आइएमई लघुवित्तको सीईओमा जोशी नियुक्त

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा हरिकृष्ण जोशी नियुक्त भएका छन्। संस्थाको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। 

बैठकले उनलाई आज(वैशाख १५ गते)देखि लागू हुने गरी चार वर्षका लागि संस्थाको सीईओमा नियुक्त गर्ने निर्णय गरेको। जोशीलाई बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ र तथा वित्तीय संस्थाको नियमावलीको नियम ३६ मा भएको व्यवस्था बमोजिम नियुक्त गरिएको संस्थाले जनाएको छ।  

 


Share this with your friends: