ङादी गुप्र पावर कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-09-02
ङादी गुप्र पावर कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । ङादी गुप्र पावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(भदौ १७ गते) अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित २१.०५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(भदौ १८ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा सभामा सहभागी हुन योग्य हुनेछन् ।  

कम्पनीले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस कम्पनीको आगामी असोज ३ गते आयोजना हुन गईरहेको कम्पनीको ८ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 


Share this with your friends: