जनरल इन्स्योरेन्सको मुनाफा ३०७.६३%ले वृद्धि, अन्य सूचक कस्तो ?

2020-11-29
जनरल इन्स्योरेन्सको मुनाफा ३०७.६३%ले वृद्धि, अन्य सूचक कस्तो ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमाससम्ममा ९ करोड ७५ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तुलनामा ३८.२८ प्रतिशतले धेरै हो। गत वर्षको पहिलो त्रैमाससम्ममा यो रकम ७ करोड ५ लाख ४० हजार रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ४० लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा ४.३९ प्रतिशतले धेरै हो। गत वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा यो रकम ३८ लाख ७१ हजार रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २६.९० प्रतिशतले घटेको छ। यो अवधिमा कम्पनीको खुद दाबी भुक्तानी घटेर १ करोड ६५ लाख ७६ हजार रुपैयाँमा सीमित बनेको छ। गत आ.वको पहिलो त्रैमासको सोहि अवधिमा कम्पनीले १ करोड ३० लाख ६२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको खुद मुनाफामा उछाल आएको छ। यो अवधिमा कम्पनीले २ करोड ३७ लाख ८५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३०७.६३ प्रतिशतले बढी हो। 

यस्तै समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ९९.६९ प्रतिशतले वृद्धि भएर ६ करोड २९ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष २ करोड ८३ लाख ४८ हजार रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ५ करोड ७२ लाख ८६ हजार रुपैयाँको भएको छ। यस्तै कम्पनीको महाविपत्ती कोषको आकार पनि वृद्धि भएको छ। समीक्षा अवधिमा कम्पनीको महाविपत्ती कोषको आकार १०२.०६ प्रतिशतले वृद्धि भएर ६३ लाख ६५ हजार रुपैयाँ बराबरको भएको छ । 
समीक्षा अवधिमा कम्पनीले व्यवस्थापन खर्च घटाउन सफल भएको छ। २ करोड ९६ लाख ५० हजार रुपैयाँ व्यवस्थापन खर्च रहेको कम्पनीले २१.१८ प्रतिशतले खर्च घटाउन सफल भएको छ। 

कम्पनीले पहिलो त्रैमासको अन्त्यसम्ममा १९ हजार ९२० वटा बीमालेख जारी गरेको छ। यस्तै कम्पनीको प्रति सेयर आम्दानी ९.५१ रुपैयाँ, पिई अनुपात ३८.६८ गुणा, प्रति सेयर नेटवर्थ ११२.६६ र प्रति सेयर कुल सम्पत्तिको मूल्य १५४.४० रुपैयाँ रहेको छ। 

 


Share this with your friends: