जनरल इन्स्योरेन्सले ३० लाख कित्ता सेयर आईपीओ ल्याउने

2020-09-10
जनरल इन्स्योरेन्सले ३० लाख कित्ता सेयर आईपीओ ल्याउने

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ ल्याउने भएको छ। कम्पनीले ३० लाख कित्ता सेयर आईपीओ ल्याउने भएको हो। 

सर्वसाधारणका लागि जनरल इन्स्योरेन्स कम्पनीलाई प्राथमिक सेयर निष्कासनका लागि बिहीबार नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको हो । 

बोर्डबाट स्वीकृति पाएसँगै अब कम्पनीका चुक्तापूँजीको ३० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर प्रतिकित्ता रु.१०० दरले निश्कासन गरिनेछ । 
जनरल इन्स्योरेन्स कम्पनीको सेयर बिक्री तथा निष्कासनकर्ताका रुपमा एनआइबीएल एस क्यापिटल लिमीटेड रहेको छ । 

 


Share this with your friends: