जीवन विकास लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

2021-07-28
जीवन विकास लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको ६० लाख ८४ हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्से र कम्पनीबीच आज(साउन १३ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएका ६० लाख ८४ हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। कम्पनीले आम सर्वसाधारणका लागि वितरण गरेको १९ लाख लाख ७७ हजार ३०० कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ४१ लाख ६ हजार ७०० कित्ता गरी कुल ६० लाख ८४ हजार  कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम साउन १२ गतेको निर्णयानुसार कम्पनीको सेयर सूचीकृत भएको जनाएको छ। 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिकित्ता ३०५.२७ रुपैयाँदेखि ९१५.८१ रुपैयाँ तोकेको छ। यस्तै आज नेप्से र कम्पनीबीच सेयर सूचीकरण सम्झौता सम्पन्न भएको छ। भोलिको प्रि ओपन सेसनमा यदि नेप्सेले तोकेको ओपनिङ रेञ्जभित्र कम्पनीको सेयर कारोबार भएमा कम्पनीको सेयर कारोबार नियमित समयमा सुचारु हुनेछ।


Share this with your friends: