तीन कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

2022-04-18
तीन कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा तीनवटा कम्पनीले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिनेमा कालिञ्चोक दर्शन लिमिटेड(चैत १५ गते),हाथवे इन्भेष्टमेन्ट प्रा.लि(चैत २५ गते) र सिटी होटल लिमिटेड(चैत ३० गते) रहेका छन् । 

कालिञ्चोक दर्शनले स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि र हाथवे इन्भेष्टमेन्ट र सिटी होटल भने आम सर्वसाधारणका लागि मात्रै आईपीओ निष्कासनको माग गरेका हुन । 

कालिञ्चोक दर्शनले १०० अंकित दरका कुल १२ लाख कित्ता,हाथवे इन्भेष्टमेन्टले ५० अंकित दरका २९ लाख २५ हजार कित्ता र सिटी होटेलले १०० अंकित दरका कुल १६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासनको माग गरेका छन् ।

कालिञ्चोक दर्शनको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ, हाथवे इन्भेष्टमेन्ट र सिटी होटलको ग्लोबल आइएमई क्यापिटल रहेका छन् । 


Share this with your friends: