दोहोरो अंकले घट्यो नेप्से, बीमातर्फ एलआईसीको सेयरमूल्य सर्वाधिक बढ्यो

2021-12-20
दोहोरो अंकले घट्यो नेप्से, बीमातर्फ एलआईसीको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन  बीमा उपसूचक १७०.१९ अंकले घट्दै १००२८.०९ बिन्दुमा झर्यो । यो दिन जीवन बीमा उपसूचक पनि १०६.०२ अंकले ओरालो लाग्दै १२४०३.७४ बिन्दुमा सीमित भयो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । आज एलआईसी नेपालको सेयरमूल्य २.७४ प्रतिशतले बढ्दै प्रतिकित्ता १७९९ रुपैयाँ कायम भयो । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो । आज यो कम्पनीको सेयरमूल्य ४.१७ प्रतिशतले घटदै प्रतिकित्ता १०६० रुपैयाँ कायम भयो । त्यस्तै एनएलजी इन्स्योरेन्सको सेयरमूल्य ३.९९ र हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य २.८६ प्रतिशतले घट्यो । 

बजारमा रुह के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो । परिसूचक १७.९३ अंकले घट्दै २३५८.८१ बिन्दुमा झर्यो । यो दिन बजारमा २३१ कम्पनीका ५४ लाख ३९ हजार ०८७ कित्ता सेयर २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६३ रुपैयामा किनबेच भयो । 

आज बजारमा दुईवटा उपसूचकबाहेक अन्य सबै उपसूचकमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन उपसूचक १९४.८१ र लघुवित्त उपसूचक ६.३५ अंकले बढ्यो । 

बैंकिङ उपसूचक ७.८६ अंकले घटेको आज व्यापार २.२४, होटल एण्ड टुरिजम ४५.०८, विकास बैंक ९२.४२, हाइड्रोपावर ५२.७७, वित्त १७.८५, अन्य ३८.७३, म्युचुअल फन्ड ०.१३ र लगानी उपसूचक ०.३७ अंकले घट्यो । 

आज गोर्खाज फाइनान्स र डिहालयन डिस्टीलरीको सेयरमूल्य सर्वाधिक बढ्यो । आज  यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । 
आज माउन्टेन इनर्जीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य ६.१७ प्रतिशतले घट्यो । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.८६, मैलुङ खोला जलविद्युत ५.८३ र तेह्रथुम पावरको सेयरमूल्य ५.३१ प्रतिशतले घट्यो । 

यो दिन गोर्खाज फाइनानसको सर्वाधिक सेयर कारोबार भयो । आज कम्पनीको १९ करोड २७ लाख बढीको सेयर कारोबार भयो ।    


Share this with your friends: