दोहोरो अंकले बढ्यो नेप्से, शिखर इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

2021-12-23
दोहोरो अंकले बढ्यो नेप्से, शिखर इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् आज निर्जीवन बीमा उपसूचक ३८१.९७ अ.कले बढ्दै १११०१.७६ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि २०२.४८ अंकले बढ्दै १३३१५.५७ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ५ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढ्दै प्रतिकित्ता १६८८ रुपैयाँ कायम भयो। त्यस्तै नेको इन्स्योरेन्सको सेयरमूल्य ८.०२, एनएलजी ५.८२, नेपाल इन्स्योरेन्स ४.९४, सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्य ४.९०, सानिमा जनरल ४.७३, सूर्या लाइफ, रिलायन्स लाइफ ४.०५, प्रिमियर इन्स्योरेन्स ३.९७, जनरल इन्स्योरेन्स ३.९४, युनाइटे.ड इन्स्योरेन्स ३.६८, प्रुडेन्सियल इन्स्योरेन्स ३.५४ र सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य ३.३७ प्रतिशतले बढ्यो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज पनि नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक १२.५३ अंकले बढ्दै २५२०.२३ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २२९ कम्पनीका ८३ लाख २३ हजार ९२३ कित्ता सेयर ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४१० रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ३ वटा उपसूचकबाहेक अन्य सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक ३.९२ अंकले बढेको आज व्यापार ५.२२, होटल एण्ड टुरिजम १९.६१, उत्पादन तथा प्रशोधन ६४.९६, अन्य १७.४१, लघुवित्त ४७.३, म्युचुअल फन्ड ०.०१ र लगानी उपसूचक ०.०६ अंकले बढ्यो। 
आज विकास बैंक उपसूचक ४९.१, हाइड्रोपावर १९.०९ र वित्त उपसूचक ४२.९८ अ.कले घट्यो। 

आज शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक अर्थात ९.९७ प्रतिशतले बढ्यो। त्यस्तै वरुण हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.३१, जीवन विकास लघुवित्त ९.०७, नारायणी डेभलपमेन्ट बैंक ८.८७ र नेको इन्स्योरेन्सको सेयरमूल्य ८.०२ प्रतिशतले बढ्यो। 

आज गोर्खाज फाइनान्सको सेयरमूल्य सर्वाधिक घट्यो। कम्पनीको सेयरमूल्य ६.७४ प्रतिशतले घट्यो। यसैगरी सामलिङ पावर कम्पनीको सेयरमूल्य ४.८० र सिन्धु विकास बैंकको सेयरमूल्य ४.४७ प्रतिशतले घट्यो। 

यो दिन हिमालयन डिष्टिलरीको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ३६ करोड २४ लाख बढीको सेयर कारोबार भयो। गोर्खाज फाइनान्सको २० करोड ६८ लाख र अरुण भ्यालि हाइड्रोपावरको १४ करोड १० लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: