दोहोरो अंकको वृद्धिका साथ साताको अन्त्य,बीमातर्फ नेको इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

2022-01-13
दोहोरो अंकको वृद्धिका साथ साताको अन्त्य,बीमातर्फ नेको इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ३४९.६१ अंकले उकालो लाग्दै १६१३९.६४ बिन्दुको उचाइमा पुग्यो।यो दिन निर्जीवन बीमा उपसूचक पनि २८८.५६ अ.कले बढ्दै १३०६८.४८ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज नेको इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ५.९६ प्रतिशतले बढ्दै प्रतिकित्ता १३१५ रुपैयाँ कायम भयो। त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य ५.०२ र एनएलजी इन्स्योरेन्सको सेयरमूल्य ५.०८ प्रतिशतले बढ्यो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा बीमा कम्पनी पर्यो। आज राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य १ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक ५४.१२ अंकले उकालो लाग्दै २८५७.७५ बिन्दुको उचाइमा पुग्यो। यो दिन बजारमा २२४ कम्पनीका १ करोड १८ लाख ३४ हजार २१६ कित्ता सेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा एउटा उपसूचक बाहेक अन्य सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक ९.८७ अंकले बढेको आज व्यापार ८३.४५,होटल एण्ड टुरिजम ३५.६९, विकास बैंक १४७.६५, हाइड्रोपावर १५८.४७, वित्त ९२.५९, उत्पादन तथा प्रशोधन १२७.३३, लघुवित्त १७४.३४, म्युचुअल फन्ड ०.१५ र लगानी उपसूचक ३.१५ प्रतिशतले बढ्यो। 

अन्य उपसूचकमा मात्रै आज गिरावट आयो। यो उपसूचक ३.४१ प्रतिशतले घट्यो। 

आज मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्यो। त्यस्तै माउन्टेन हाइड्रो कम्पनीको सेयरमूल्य ९.४४,कर्णाली डेभलपमेन्ट बैंक ९.३५ र शिव श्री हाइड्रोको सेयरमूल्य ९.०१ प्रतिशतले बढ्यो। 

आज नारायणी भेलपमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज यो बैंकको सेयरमूल्य १.१९ प्रतिशतले घट्यो। 

यो दिन अपर तामाकोशीको सर्वाधिक सेयर कारोबार भयो। यो कम्पनीको आज ३४ करोड ३१ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: