दोहोरो अंकले घट्यो नेप्से,बीमातर्फ सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-03-31
दोहोरो अंकले घट्यो नेप्से,बीमातर्फ सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १७९.६४ अंकले घट्दै १४२७४.६१ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३९.६८ अंकले ओरालो लाग्दै १२२४३.६७ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य २.१० प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य १.४५ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक २३.९५ अंंकले घट्दै २५४४.३० को बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२८ कम्पनीका ३७ लाख ८७ हजार ०४५ कित्ता सेयर १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा एउटा उपसूचकबाहेक अन्य सबै उपसूचकमा रातो पोतियो। आज व्यापार उपसूचक १८.०२ अंकले बढ्यो। 

बैंकिङ उपसूचक ६.३६ अंकले घटेको आज विकास बैंक १०३.८८,होटल २.५१,हाइड्रो ५६.०३,वित्त ५७.५६,उत्पादन तथा प्रशोधन २७.१२,अन्य २६.२६,लघुवित्त ४५.४१,म्युचुअल फन्ड ०.१ र लगानी उपसूचक ०.६६ अंकले घट्यो। 

आज इमर्जिङ नेपालको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य ९.९९,नेष्डो समृद्धि लघुवित्त ९.९९ र युनाइटेड इदी मर्दीको सेयरमूल्य ७.९० प्रतिशतले बढ्यो। 

आज नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ४.७९ प्रतिशतले घट्यो। यसैगरी युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य ४.५३,युनियन हाइड्रोपावर ४.३९ र कर्णली डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.३६ प्रतिशतले घट्यो। 

यो दिन इमर्जिङ नेपालको सर्वाधिक सेयर कारोबार भयो। यो कम्पनीको आज ९ करोड २३ लाख बढीको सेयर कारोबार भयो।    

 


Share this with your friends: