दोहोरो अंकले घट्यो बजार,बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2022-04-25
दोहोरो अंकले घट्यो बजार,बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १९९.३१ अंकले घट्दै १२८३६.६२ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १५०.०९ अंकले ओरालो लाग्दै १०८११.८३ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज युनियन लाइफको सेयरमूल्य ३.९५ प्रतिशतले घट्दै प्रतिकित्ता ६०८ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ३४.९५ अंकले घट्दै २३८६.०१ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २३९ कम्पनीका ५० लाख ४७ हजार ७६९ कित्ता सेयर २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा दुईवटा उपसूचकबाहेक अन्य सबै उपसूचकमा रातो पोतियो। आज होटल उपसूचक ४.०४ र म्युचुअल फन्ड उपसूचक ०.१३ अंकले बढ्यो। 

बैंकिङ उपसूचक १६.५ अंकले घटेको आज व्यापार ९.०९,विकास बैंक ८६.८७,हाइड्रो ५१.९१,वित्त २६.६१,उत्पादन तथा प्रशोधन ५४.२५,अन्य ४२.४१,लघुवित्त ७६.८६ र लगानी उपसूचक १.५८ अंकले घट्यो। 

आज जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सेन्ट्रल फाइनान्स कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ५.३३ प्रतिशतले घट्यो। 

यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको आज ८ करोड ११ लाख बढीको सेयर कारोबार भयो। 


Share this with your friends: