दोहोरो अंकले घट्यो नेप्से,बीमातर्फ प्राइम लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2022-05-12
दोहोरो अंकले घट्यो नेप्से,बीमातर्फ प्राइम लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २५७.१४ अंकले घट्दै ११८९७.६८ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ८३.३८ अंकले घट्दै १०३५८.३४ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीकमो सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनी परे। आज प्राइम लाइफको सेयरमूल्य ७.६३,युनियन लाइफ ६.९६ र गुराँस लाइफको सेयरमूल्य ५.८३ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १८.६४ अंकले घट्दै २३५०.४२ अंकमा सीमित भयो। यो दिन बजारमा २२८ कम्पनीका ५२ लाख २७ हजार ३५९ कित्ता सेयर २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७३ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा दुईवटा उपसूचक बाहेक अन्य सबै उपसूचकमा रातो पोतियो। आज उत्पादन उपसूचक ८०.२५ र अन्य उपसूचक ७.३९ अंकले बढ्यो। 
बैंकिङ उपसूचक १.७३ अंकले घटेको आज व्यापार २९.५६,होटल ३४.७७,विकास बैंक ८९.०२,हाइड्रो ५३.७२,वित्त ९.९,लघुवित्त ७४.५७,म्युचुअल फन्ड ०.१८ र लगानी उपसूचक १.३७ अंकले घट्यो। 

आज जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै तेह्रथुम पावरको सेयरमूल्य ६.२० र युनियन हाइड्रोपावरको सेयरमूल्य ५.२२ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो। 

यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ११ करोड १० लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: