निफ्राको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-11-24
निफ्राको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ८.४२ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि सस्थाले भोलि(मंसिर ९ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनी मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्। 

निफ्राले आ.व २०७७/७८ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको छ । 

संस्थाको तेस्रो वार्षिक साधारण सभा आगामी मंसिर २९ गते आयोजना हुन गईरहेको छ। 


Share this with your friends: