निर्धन उत्थान लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-02-23
निर्धन उत्थान लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १४४० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता १६२७ रुपैयाँ कायम थियो। 

संस्थाले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि आजदेखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ हिजोसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। 

संस्थाको २२ औँ वार्षिक साधारण सभा आउँदो फागुन २७ गते आयोजना हुन गईरहेको छ।   

 


Share this with your friends: