नेपाल बंगलादेश बैंकको सञ्चालकमा ६ जना निर्वाचित

2021-11-19
नेपाल बंगलादेश बैंकको सञ्चालकमा ६ जना निर्वाचित

काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको सञ्चालकमा ६ जना निर्वाचित भएका छन्।

बैंकको बिहीबार सम्पन्न २७ औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन्। जसमा ३ जना संस्थापक समूहबाट र ३ जना सर्वसाधारण समूहबाट निर्वाचित भएका छन्।

संस्थापक समूहबाट निर्वाचित हुनेमा एआरएम नजमुस शकिब, एम शाह आलम सरवर र क्यारुन नहर अहमद छन्। सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल र अमन साह निर्वाचित भएका छन्।

सञ्चालकहरुको कार्यकाल ४ वर्षको हुनेछ। 

सोही सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १५।५ प्रतिशत लाभांश पनि अनुमोदन गरेको छ। जसमा १२ प्रतिशत बोनस सेयर र ३।५ प्रतिशत नगद लाभांश रहेका छन्। 


Share this with your friends: