काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ३५ औँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांस सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ। बैंकले गत मंसिर ६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा नगद लाभांस जम्मा गरिदिएको हो। मंसिर ६ गते पश्चात बैंक खाता अद्यावधि गरेका सेयरधनीहरुको हकमा समेत नगद लाभांस बैंक खातामा नै जम्मा गरिने बैंकले जनाएको छ।
बैंकको गत मंसिर १७ गते सम्पन्न ३५ औँ वार्षिक साधारण सभाले ३.३८९ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरेको थियो। बैंकले नगद लाभांस प्राप्त नगरेका सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गर्न तथा बैंक खाता सहितको विवरण अद्यावधिक गर्न समेत अनुरोध गरेको छ।