नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति?

2021-02-11
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति?

काठमाण्डौ । भर्खरै आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु. १०० अंकित दरका २० करोड कित्ता साधारण सेयर सूचीकृत भएको हो। 

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम माघ २८ गतेको निर्णयानुसार कम्पनीको सेयर सूचीकृत भएको जनाएको छ। 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिकित्ता ११३.६२ रुपैयाँदेखि ३४०.८६ रुपैयाँ तोकेको छ। यस्तै आज नेप्से र बैंकबीच सेयर सूचीकरण सम्झौता सम्पन्न भएको छ। आइतबारको प्रि ओपन सेसनमा यदि नेप्सेले तोकेको ओपनिङ रेञ्जभित्र कम्पनीको सेयर कारोबार भएमा कम्पनीको सेयर कारोबार नियमित समयमा सुचारु हुनेछ।   
 

 


Share this with your friends: