नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा १२ लाख कित्ता सेयर थपियो

2021-03-12
नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा १२ लाख कित्ता सेयर थपियो

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर सूचीकृत भएको छ। आज नेप्सेमा बैंकको नाममा १२ लाख कित्ता सेयर सूचीकृत भएको हो। 

बैंकले सिटी एक्सप्रेसलाई १००ः३० सेयर स्वाप रेसियोमा प्राप्ति गरेको थियो। यो सेयर स्वाप रेसियोअनुसार सिटी सिटी एक्सप्रेसको ४० लाख कित्ता सेयरबराबर नेपाल इन्भेस्टमेन्ट बैंकको १२ लाख कित्ता सेयरमा रुपान्तरण भएको हो। 

नेपाल राष्ट्र बैंकबाट “क” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा इजाजत प्राप्त गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले “ग” वर्गको राष्ट्रियस्तरको सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव दुवै संस्थाको गत असोज २८ गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएको थियो। यस्तै इन्भेष्टमेन्ट बैंकद्वारा प्राप्ति गरिने सिटी एसक्प्रेसको ऋण,धन,दायित्व सम्पूर्ण व्यहोर्ने गरी प्राप्ति गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट गत मंसिर १९ गत,े कम्पनी रजिष्ट्रारको कार्यालयबाट गत पुस ३ र नेपाल धितोपत्र बोर्डबाट गत पुस १० गते गते पत्रबाट नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न स्वीकृती प्रदान गरिएको थियो। 

दुवै संस्था मिलि“नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड”को नामबाट गत माघ ११ गते आइतबारदेखि एकिकृत कारोबार आरम्भ भएको थियो। 

 


Share this with your friends: