नेप्सेको उकालो यात्रा जारी,बीमाका दुवै उपसूचकमा चमक

2021-12-26
नेप्सेको उकालो यात्रा जारी,बीमाका दुवै उपसूचकमा चमक

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुुवै बीमा उपसूचकमा उछाल आएको छ। आज जीवन बीमा उपसूचक १३०२.३१ अंकले बढ्दै १४६१७.८८ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ९०७.१० अंकले बढ्दै १२००८.८६ बिन्दुको उचाईमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा बीमा कम्पनीहरुले कब्जा गरे। आज १४ वटा बीमा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। नेशनल लाइफ, युनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स,प्रभु इन्स्योरेन्स,प्रुडेन्सियल इन्स्योरेन्स,लुम्बिनी जनरल इन्स्योरेन्स,एशियन लाइफ इन्स्योरेन्स,प्राइम लाइफ,गुराँस लाइफ,रिलायन्स लाइफ,प्रभु लाइफ, ज्याति लाइफ र सानिमा लाइफको सेयरमूल्य १० प्रतिशतले बढ्यो। 
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक ७१.२० अंकले बढ्दै २५९१.४२ बिन्दुमा पुग्यो। यो दिन बजारमा २३१ कम्पनीका ८६ लाख १ हजार ९५६ कित्ता सेयर ५ अर्ब १७ करोड ३२ लाख ५०३ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा दुईवटा उपसूचकबाहेक अन्य सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक २०.४५ अंकले बढेको आज व्यापार २१.३३, होटल एण्ड टुरिजम ४८.४७, विकास बैंक ५१.५८, उत्पादन तथा प्रशोधन ३५५.३४, अन्य ५०.४३, लघुवित्त १७२.६६, म्युचुअल फन्ड ०.११ र लगानी उपसूचक २.३८ अंकले बढ्यो। 

हाइड्रोपावर र वित्त उपसूचकमा आज गिरावट आयो। यी उपसूचक क्रमशः३.४६ र २४.२ अंकले घट्यो। 

आज १४ वटा बीमा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। नेशनल लाइफ, युनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स,प्रभु इन्स्योरेन्स,प्रुडेन्सियल इन्स्योरेन्स,लुम्बिनी जनरल इन्स्योरेन्स,एशियन लाइफ इन्स्योरेन्स,प्राइम लाइफ,गुराँस लाइफ,रिलायन्स लाइफ,प्रभु लाइफ, ज्याति लाइफ र सानिमा लाइफको सेयरमूल्य १० प्रतिशतले बढ्यो।

यो दिन गोर्खाज फाइनान्सको सेयरमूल्य सर्वाधिक घट्यो। कम्पनीको सेयरमूल्य ५.५७ प्रतिशतले घट्यो। 

आज नबिल बैंकको सर्वाधिक सेयर कारोबार भयो। बैंकको आज ३२ करोड ७ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: