नेप्सेमा तीन बैंकको ६.३३ करोड कित्ता बोनस सेयर सूचीकृत

2022-02-27
नेप्सेमा तीन बैंकको ६.३३ करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीन बैंकको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कृषि विकास बैंक,सिद्धार्थ बैंक र प्राइम कमसिर्यल बैंकको बोनस सेयर सूचीकृत भएको हो । 

नेप्सेमा कृषि विकास बैंकको २ करोड १९ लाख ७९ हजार ८५९.६०४५ कित्ता,सिद्धार्थ बैंकको १ करोड ५६ लाख २१ हजार २७६.३६ कित्ता,प्राइम कमर्सियल बैंकको २ करोड ५७ लाख ३२ हजार ८५९.०४ कित्ता गरी कुल ६ करोड ३३ लाख ३४ हजार २७३.१४४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  


Share this with your friends: