नेप्सेमा दोहोरो अंकको गिरावट,बीमातर्फ नेसनल लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2022-03-09
नेप्सेमा दोहोरो अंकको गिरावट,बीमातर्फ नेसनल लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक १९८.५३ अंकले घट्दै १११४९.६३ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि १३९.९ अंकले ओरालो लाग्दै १२९१७.७१ बिन्दुमा झर्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् । बीमातर्फ आज युनियन लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य १.३३ प्रतिशतले बढदै प्रतिकित्ता ६०७ रुपैयाँ कायम भयो । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ४.१६ प्रतिशतले घट्दै प्रतिकित्ता ७८४ रुपैयाँ कायम भयो । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो । परिसूचक ३०.२९ अंकले घट्दै २५१४.६५ बिन्दुमा सीमित भयो । यो दिन बजारमा २२९ कम्पनीका ४९ लाख ५९ हजार ९१९ कित्ता सेयर २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँमा किनबेच भयो । 

आज बजारमा सबै उपसूचकमा गिरावट आयो । बैंकिङ उपसूचक १२.९६ अंकले घटेको आज व्यापार ७९.११,होटल १२.०९,विकास बैंक १०१.८२,हाइड्रोपावर ५५.९६,वित्त ४५.६९,उत्पादन तथा प्रशोधन ४७.८६,अन्य २८.९५,लघुवित्त ४३.६४,म्युचुअल फन्ड ०.०३ र लगानी उपसूचक १.३७ अंकले घट्यो । 

आज माउन्टेन इनर्जी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य ८.१० प्रतिशतले बढ्यो । त्यस्तै इमर्जीङ नेपालको सेयरमूल्य ३.९९ र आईसीइफसी फाइनान्सको सेयरमूल्य ३.९५ प्रतिशतले बढ्यो । 

आज विशाल बजार कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ५.७८ प्रतिशतले घट्यो । 

यो दिन एनटीसीको सर्वाधिक सेयर कारोबार भयो । आज एनटीसीको १० करोड ५२ लाख बढीको सेयर कारोबार भयो ।  


Share this with your friends: