नेप्सेमा एशियन लाइफ र सबैको लघुवित्तको बोनस सेयर सूचीकृत

2022-03-27
नेप्सेमा एशियन लाइफ र सबैको लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीकोे बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा एशियन लाइफ इन्स्योरेन्स र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो । 

नेप्सेमा एशियन लाइफको ५२ लाख ९० हजार ७४२.७२ कित्ता र सबैको लघुवित्तको ६ लाख ३९ हजार ७२७.५० कित्ता गरी कुल ५९ लाख ३० हजार ४७०.२२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

एशियन लाइफले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशतका दरले रु.५०,२६,९०,१८१.८५ बराबरको बोनश शेयर वितरण गर्ने र २ प्रतिशत नगद लाभांश(बोनश शेयरको कर प्रयोजनको लागी)वितरण गरेको थियो । 

त्यस्तै सबैको लघुवित्तले आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफबाट चुक्तापूँजीको ३१.०५ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद लाभांस गरी कुल ३२.६८ प्रतिशत लाभांस वितरण गरेको थियो । 

 


Share this with your friends: