नेप्सेमा दुई बैंकको २.२२ करोड बढी बोनस सेयर सूचीकृत

2021-03-09
नेप्सेमा दुई बैंकको २.२२ करोड बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई बैंकको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा एनएमबी बैंक लिमिटेड र ज्योति विकास बैंक लिमिटेडको २ करोड बढी बोनस सेयर सूचिकृृत भएको हो। 

एनएमबी बैंकको १३ प्रतिशत अर्थात १ करोड ८७ लाख ८२ हजार ०७८.८६ कित्ता र ज्योति विकास बैंकको १० प्रतिशत अर्थात ३४ लाख ९५ हजार २९३.४४ कित्ता गरी कुल २ करोड २२ लाख ७७ हजार ३७२.३ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

 


Share this with your friends: