नेप्सेमा ८९.६७ लाख कित्ता बोनस सेयर सूचीकृत

2022-01-09
नेप्सेमा ८९.६७ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कुमारी बैंक र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। 

नेप्सेमा आज कुमारी बैंकको ८३ लाख २७ हजार ८४ दशमलव ९० कित्ता बोनस शेयर र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ६ लाख ४० हजार ९० कित्ता  गरी कुल ८९ लाख ६७ हजार १७४.९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

कुमारी बैंकले गत आर्थिक वर्षका लागि ६ प्रतिशत र लक्ष्मी लघुवित्तले २० प्रतिशत बोनस सेयर वितरण गरेका थिए । 


Share this with your friends: