नेप्सेमा दिनहुँ उछाल,बीमातर्फ प्रिमियम इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-01-16
नेप्सेमा दिनहुँ उछाल,बीमातर्फ प्रिमियम इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ३८९.५१ अंकले बढ्दै १६५२९.२५ को उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २६६.२२ अंकले उकालो लाग्दै १३३३४.७० बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज प्रिमियम इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ५.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता १२०३ रुपैयाँ कायम भयो। त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य ५.७७ र सूर्या लाइफको सेयरमूल्य ४.४४ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक ६९ अंकले बढ्दै २९२६.७४ बिन्दुको उचाइमा पुग्यो। यो दिन बजारमा २२९ कम्पनीका १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ०५९ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक ३९.४७ अंकले घटेको आज व्यापार ७९.६८,होटल एण्ड टुरिजम ५५.६५,विकास बैंक १४३.४२,हाइड्रोपावर ७५.२६, वित्त ५६.६२,उत्पादन तथा प्रशोधन ४०९.८२,अन्य ६६.२१,लघुवित्त ११०.४५,म्युचुअल फन्ड ०.२५ र लगानी उपसूचक १.९१ अंकले बढ्यो। 

आज स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयरमूल्य सर्वाधिक बढ्यो। यो बैंकको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य ९.९९, कालिका लघुवित्त ९.९४ र हिमालयन डिस्टीलरीको सेयरमूल्य ८.९६ प्रतिशतले बढ्यो। 

आज बोटलर्स नेपाल तराईको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य २.९७ प्रतिशतले घट्यो। 

यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ३६ करोड ४३ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै अपि पावर कम्पनीको ३० करोड ४४ लाख र अपर तामाकोशीको २९ करोड ७४ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: