नेप्सेमा १०.२८ लाख कित्ता बोनस सेयर सूचीकृत

2022-01-25
नेप्सेमा १०.२८ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको २५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 

संस्थाद्वारा सेयरधनीहरुलाई वितरण गरिएको २५ प्रतिशत बोनस सेयर अर्थात १० लाख २८ हजार १९८.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । संस्थाले आर्थिक वर्ष २०७७र७८ का लागि २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 


Share this with your friends: