परिसूचकमा दोहोरो अंकको करेक्सन,बीमातर्फ प्राइम लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2022-01-05
परिसूचकमा दोहोरो अंकको करेक्सन,बीमातर्फ प्राइम लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २५३.८८ बिन्दुले घट्दै ११८६९.९३ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ८५.१ अंकले ओरालो लाग्दै १४७२४.४५ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य १.४९ प्रतिशतले बढ्दै प्रतिकित्ता १५६८ रुपैयाँ कायम भयो। 
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ३.९५ प्रतिशतले घट्दै प्रतिकित्ता ७०२ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको करेक्सन आयो। परिसूचक ३०.७५ अंकले ओरालो लाग्दै २६४९.२० बिन्दुमा सीमित भयो। यो दिन बजारमा २३६ कम्पनीका ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा दुईवटा उपसूचकबाहेक अन्य सबै उपसूचकमा गिरावट आयो। आज हाइड्रोपावर उपसूचक १४.०७ र वित्त उपसूचक २.११ अंकले बढे। 
बैंकिङ उपसूचक २७.७९ अंकले घटेको आज व्यापार ५०.२६, होटल एण्ड टुरिजम ६९.६९, विकास बैंक ७९.८६, उत्पादन तथा प्रशोधन ५१.८६, अन्य ३.२, लघुवित्त ११०.६६, म्युचुअल फन्ड ०.१५ र लगानी उपसूचक १.२९ अंकले घट्यो। 

आज मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ९.९६ प्रतिशतले बढ्यो। त्यस्तै छ्याङदी हाइड्रोपावरको सेयरमूल्य ५.४९ र तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ५.४० प्रतिशतले बढ्यो। 

आज विजय लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो। कम्पनीको सेयरमूल्य ४.५५ प्रतिशतले घट्यो। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको १८ करोड ७२ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: