परिसूचकमा दोहोरो अंकको करेक्सन,बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-01-12
परिसूचकमा दोहोरो अंकको करेक्सन,बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक २६६.४५ अंकले घट्दै १२७७९.९२ बिन्दुमा झर्यो । यो दिन जीवन बीमा उपसूचक पनि १८९.९७ अंकले घट्दै १५७८९.१८ बिन्दुमा सीमित भयो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य १.७५ प्रतिशतले बढ्दै प्रतिकित्ता १६८६ रुपैयाँ कायम भयो । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो । आज प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य ४.७० प्रतिशतले घट्दै प्रतिकित्ता ७०९ रुपैयाँ कायम भयो । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको करेक्सन आयो । परिसूचक ३०.५१ अंकले घट्दै २८०३.६२ बिन्दुमा सीमित भयो । यो दिन बजारमा २२९ कम्पनीका १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँमा किनबेच भयो । 

आज बजारमा ३ वटा उपसूचक बाहेक अन्य सबै उपसूचकमा रातो पोतियो । आज लगानी,उत्पादन तथा प्रशोधन र व्यापार उपसूचकमा मात्रै हरियाली छायो । यी उपसूचकहरु क्रमशः२.८२, ६.२९ र २०.०६ अ.कले बढ्यो । 

बैंकिङ उपसूचक २२.४७ अंकले घटेको आज विकास बैंक १२२.५४, वित्त ५७.७६,होटल एण्ड टुरिजम ७८.०३, हाइड्रोपावर ६.८८, लघुवित्त ६१.५६,म्युचुअल फन्ड ०.०५ र अन्य उपसूचक ७६.३० अंकले घट्यो । 

आज कर्पोरेट डेभलपमेन्ट बैंक र निफ्राको सेयरमूल्य सर्वाधिक बढ्यो । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै मध्यभोटेकोशीको सेयरमूल्य ९.९८ र पन्चकन्या माईहाइड्राृेको सेयरमूल्य ५.७१ प्रतिशतले बढ्यो । 

आज हिमालयन उर्जा कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ६.२१ प्रतिशतले घट्यो । त्यस्तै युनियन हाइड्रोपावरको सेयरमूल्य ५.५३,जोशी हाइड्रोपावर ५.४९ र छ्याङदी हाइड्रोपावरको सेयरमूल्य ४.७६ प्रतिशतले घट्यो । 

यो दिन नेपाल बंगलादेश बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो बैंकको २८ करोड ६९ लाख बढीको सेयर कारोबार भयो । .  


Share this with your friends: