परिसूचकमा दोहोरो अंकको करेक्सन,बीमातर्फ आइएमई जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-01-18
परिसूचकमा दोहोरो अंकको करेक्सन,बीमातर्फ आइएमई जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपूसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १९८.१६ अंकले घट्दै १६४१५.२६ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १७८.११ अंकले ओरालो लाग्दै १३२०७ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ३.७५ प्रतिशतले बढ्दै प्रतिकित्ता ११९० रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १०.७८ अंकले घट्दै २९३६.६६ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२४ कम्पनीका १ करोड ६० लाख ४ हजार ५३० कित्ता सेयर ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१२ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ४ वटा उपसूचक बाहेक अन्य सबै उपसूचकमा रातो पोतियो। बैंकिङ उपसूचक २२.३९ अंकले बढेको आज होटल एण्ड टुरिजम ४२.५१, म्युचुअल फन्ड ०.२० र अन्य उपसूचक २९.५१ अंकले बढ्यो। 

आज विकास बैंक उपसूचक १३०.७३,वित्त ६९.८९,हाइड्रोपावर ३६.१६,लगानी २.३३,उत्पादन तथा प्रशोधन १८६.४२, लघुवित्त ८९.५७ र व्यापार उपसूचक ८५.५४ अंकले घट्यो। 

आज सामलिङग पावर कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ९.४९ प्रतिशतले बढ्यो। त्यस्तै मध्यभोटेकोशी जलविद्युतको सेयरमूल्य ८.११,बुद्धभुमि नेपाल हाइड्रोपावर ६.०८ र प्रभु बैंकको सेयरमूल्य ५.५६ प्रतिशतले बढ्यो। 

आज मानुषि लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो। मानुषि लघुवित्तको सेयरमूल्य ५ प्रतिशतले घट्यो। 

यो दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको २८ करोड ११ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: