परिसूचकमा सामान्य करेक्सन,बीमातर्फ ज्योति लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-01-23
परिसूचकमा सामान्य करेक्सन,बीमातर्फ ज्योति लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज जीवन बीमा उपसूचक २२९.९६ अंकले बढ्दै १६८८४.९० बिन्दुको उचाईमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ३०.७ अंकले बढ्दै १३३९०.६४ बिन्दुमा पुग्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा चारवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे । आज ज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्य ६.६९,सानिमा लाइफ ६.४५,एलआईसी नेपाल ५.६८ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ४.२५ प्रतिशतले बढ्यो । 
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य २.७१ प्रतिशतले घट्यो । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको करेक्सन आयो । परिसूचक १०.८३ अंकले घट्दै २९२०.५१ बिन्दुमा झर्यो । यो दिन बजारमा २३२ कम्पनीका १ करोड ४७ लाख ४ हजार २७७ कित्ता सेयर ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६३ रुपैयाँमा किनबेच भयो ।

आज बजारमा ५ वटा उपसूचक बाहेक अन्य सबै उपसूचकमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन उपसूचक १६.२६,अन्य ३७.३४ र म्युचुअल फन्ड ०.०९ अंकले बढ्यो । 

बैंकिङ उपसूचक १६.६७ अंकले घटेको आज व्यापार उपसूचक ४६.१७, होटल एण्ड टुरिजम ५१.९६, विकास बैंक ७३.४२,हाइड्रोपावर ४२.७५,वित्त ७२.९ लघुवित्त १०.९५ र लगानी उपसूचक १.०९ अंकले घट्यो । 

आज विन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९८,मैलुङ खोला जलविद्युत ९.७३ र ग्लोबल आइएमई बैंकको सेयरमूल्य ६.७४ प्रतिशतले बढ्यो । 

आज सामलिङ पावर कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो । कम्पनीको सेयरमूल्य ६.६९ प्रतिशतले घट्यो । 

यो दिन एनटीसीको सर्वाधिक सेयर कारोबार भयो । आज एनटीसीको ३२ करोड १४ लाख बढीको सेयर कारोबार भयो । यस्स्तै आज अपि पावरको १९ करोड १ लाख,एनआईसी एशिया बैंक १७ करोड ५२ लाख र शिखर इन्स्योरेन्सको १७ करोड ४७ लाख बढीको सेयर कारोबार भयो । 


Share this with your friends: