परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ नेपाल लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2022-02-06
परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ नेपाल लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ५८०.५९ अंकले बढ्दै १५६६६.१० बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १३१.४१ अंकले ओरालो लाग्दै १३०८३.३१ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले मात्रै आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज शिखर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ३.१७ र प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य १.९१ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य ७.६१ प्रतिशतले बढ्दै प्रतिकित्ता १५०६ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

ेआज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ४०.५७ अंकले ओरालो लाग्दै २८३६.१७ बिन्दुमा झर्यो। यो दिन बजारमा २२८ कम्पनीका १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँमा किनबेच भयो।

आज बजारमा सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक १९.०१ अंकले घटेको आज व्यापार उपसूचक ५०.४२, होटल १८.६७, विकास बैंक ९९.९,हाइड्रोपावर ३९.७१, वित्त ६०.५५,उत्पादन तथा प्रशोधन ५९.९४,अन्य ३८.३१,लघुवित्त ८२.२७, म्युचुअल फन्ड ०.०६ र लगानी उपसूचक १.२७ अंकले घट्यो। 

आज नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ८.०८ अंकले बढ्यो। 

आज विन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो। त्यस्तै नेपाल लाइफको सेयरमूल्य ७.६१,बुद्धभुमी नेपाल हाइड्रोपावर ६.४५ र तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ४.४१ प्रतिशतले घट्यो। 

यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ५४ करोड ४९ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै नेपाल लाइफको ४२ करोड ४७ लाख र अपि पावर कम्पनीको २५ करोड ९५ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: