परिसूचकमा १५.६९ अंकको वृद्धि,बीमातर्फ सानिमा लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-02-07
परिसूचकमा १५.६९ अंकको वृद्धि,बीमातर्फ सानिमा लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक १२४.९६ अंकले बढ्दै १५८०७.१२ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ७६.५ अंकले बढ्दै ७६.५ अंकले १३१६५.७६ बिन्दुमा  पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। आज सानिमा लाइफ इन्स्योरेन्सको सेयरमूल्य ५.०४ प्रतिशतले बढ्दै प्रतिकित्ता ६०२ रुपैयाँ कायम भयो। त्यस्तै ज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्य ३.८५ प्रतिशतले बढ्दै प्रतिकित्ता ६७५ रुपैयाँ कायम भयो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज नेपाल लाइफको सेयरमूल्य २.३९ प्रतिशतले घट्दै प्रतिकित्ता १४७० रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक १५.६९ अंकले बढ्दै २८५१.८६ बिन्दुको उचाइमा पुग्यो। यो दिन बजारमा २२४ कम्पनीका ९५ लाख १२ हजार ५८० कित्ता सेयर ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा १० वटा उपसूचकमा हरियाली छायो भने बाँकी ३ उपसूचकमा रातो पोतियो। व्यापार उपसूचक ७.५१ अंकले बढेको आज विकास बैंक २६.१५,हाइड्रोपावर ६.९१,वित्त ८.९२,उत्पादन तथा प्रशोधन ३४.८७,अन्य ५४.१२,म्युचुअल फन्ड०.०५ र लगानी उपसूचक २.९२ अंकले बढ्यो। 
बैंकिङ,होटल एण्ड टुरिजम र लघुवित्त उपसूचमा आज गिरावट आयो। यी उपसूचकहरु क्रमशः३.७८,४.२७ र ०.०८ अंकले घट्यो। 

आज निफ्राको सेयरमूल्य सर्वाधिक बढ्यो। निफ्राको सेयरमूल्य ८.४२ प्रतिशतले बढ्यो। त्यस्तै छ्याङदी हाइड्रोपावरको सेयरमूल्य ६.८३,सानिमा लाइफ ५.०४ र नेशनल हाइड्रोपावरको सेयरमूल्य ४.६६ प्रतिशतले बढ्यो। 

आज बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ४.५७ प्रतिशतले घट्यो। 

यो दिन निफ्राको सर्वाधिक सेयर कारोबार भयो। आज निफ्राको ४९ करोड ३४ लाख बढीको सेयर कारोबार भयो। 


Share this with your friends: