परिसूचकमा भारी गिरावट,बीमातर्फ एशियन लाइफको सेयरमूल्यमा पहिरो

2022-02-13
परिसूचकमा भारी गिरावट,बीमातर्फ एशियन लाइफको सेयरमूल्यमा पहिरो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक ६०४.८८ अंकले ओरालो लाग्दै १४८६९.५३ बिन्दुमा सीमित भयो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ५५२.५४ बिन्दुमा झर्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज एशियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो । एशियन लाइफको सेयरमूल्य ६.६३ प्रतिशतले घट्दै प्रतिकित्ता ९०२ रुपैयाँ कायम भयो । त्यस्तै आइएमई जनरलको सेयरमूल्य ५.८९,प्रभु लाइफ ५.६२,प्रुडेन्सियल इन्स्योरेन्स ५.४६,जनरल इन्स्योरेन्स ५.३८ र एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ५.२३ प्रतिशतले घट्यो । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा तेहोरो अंकको गिरावट आयो । परिसूचक १००.६७ अंकले घट्दै २७००.८९ बिन्दुमा झर्यो । यो दिन बजारमा २२७ कम्पनीका १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता सेयर ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ रुपैयाँमा किनबेच भयो । 

आज बजारमा सबै उपसूचकमा गिरावट आयो । बैंकिङ उपसूचक ४२.६६ अंकले घटेको आज व्यापार ६८.२३,होटल १०९.८९,विकास बैंक २०६.६६, हाइड्रो १८४.८८,वित्त ११२.१४,उत्पादन तथा प्रशोधन ३३५.७१,अन्य ७३.२५,लघुवित्त १८६.३६,म्युचुुअल फन्ड ०.१३ र लगानी उपसूचक ४.८ अंकले घट्यो । 

आज कुनै पनि कम्पनीको सेयरमूल्य बढेन । 

आज अपर तामाकोशीको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ८.३७ प्रतिशतले घट्यो । त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.२६,शिवश्री हाइड्रो ७.७५ र विन नेपाल लघुवित्तको सेयरमूल्य ७.५९ प्रतिशतले घट्यो । 

यो दिन अपर तामाकोशीको सर्वाधिक सेयर कारोबार भयो । आज कम्पनीको ३२ करोड ८४ लाचख बढीको सेयर कारोबार भयो । त्यस्तै अरुण भ्यालि हाइड्रोको २८ करोड ३९ लाख र निफ्राको २५ करोड ३२ लाख बढीको सेयर कारोबार भयो ।  


Share this with your friends: