परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-02-21
परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ३९.०२ अंकले बढ्दै १२२०९.२३ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १९.१९ अंकले उकालो लाग्दै १४७२७.१८ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य २.५९ प्रतिशतले बढ्दै प्रतिकित्ता ७१० रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक २५.४१ अंकले बढ्दै २७१८.५१ बिन्दुको उचाइमा पुग्यो। यो दिन बजारमा २२४ कम्पनीका ४९ लाख ९२ हजार ८७९ कित्ता सेयर २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ०७२ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक १६.२८ अंकले बढेको आज व्यापार ८.०५,होटल ३४.८४,विकास बैंक २२.८२,हाइड्रो ७२.३९,वित्त २७.२४,उत्पादन तथा प्रशोधन ६६.२८,अन्य २९.२१,लघुवित्त १२.२७,म्युचुअल फन्ड ०.०४ र लगानी उपसूचक १.१ अंकले घट्यो। 

आज युनाइटेड इदी मर्दीको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै गुराँस लघुवित्तको सेयरमूल्य ९.६५,नेपाल हाइड्रो डेभलपर्स ७.१९ र बुद्धभुमी नेपाल हाइड्रोको सेयरमूल्य ६.७२ प्रतिशतले बढ्यो। 

आज कालिका लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो। कालिका लघुवित्तको सेयरमूल्य १.८६ प्रतिशतले घट्यो। 

यो दिन नेपाल टेलिकमको सर्वाधिक सेयर कारोबार भयो। एनटीसीको आज २६ करोड ५० लाख बढीको सेयर कारोबार भयो। त्यस्तै जीवन विकास लघुवित्तको सेयरमूल्य २६ करोड ३ लाख र अरुण भ्यालि हाइड्रोपावरको १० करोड १८ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: